निकेशले बनाउने भए जिन्दगि रक्स


(सेलिब्रेटी नेपाल) २५ चैत्र- दर्जनौं म्युजिक भिडियो निर्देशन गरेका निकेश खड्काले ठुलो पर्दाको चलचित्र ‘जिन्दगि रक्स’ बनाउने भएका छन्। मंगलबार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको शुभ मुहर्त सम्पन्न गरिएको छ। चलचित्रमा केकी अधिकारी, ऋचा शर्मा, राजेन्द्र खड्गी, विनोद मैनालीको साथमा नव कलाकारहरु अकेशा बिष्ट, सोनाम पाखि्रन, सौरमराज तुलाधर लगायतले अभिनय गर्नेछन् । चलचित्रको छायांकन काठमाण्डौ, पोखरा, नारायणघाटमा हुने बताइएको छ। zindagi-rocks-poster-newचलचित्रलाई सुजिता श्रेष्ठले निर्माण गर्न लागेकी हुन्। चलचित्रमा निरज महर्जनको पटकथा, हरि हुमागाइको छायांकन, निशान घिमिरेको सम्पादन, सुगम पोख्रेल र कमल खत्रीको संगीत रहनेछ । चलचत्रिले यूवाहरुको जीवनशैली र लभ स्टोरीलाई पर्दामा उतार्ने बताइएको छ । चलचित्रको छायांकन आउँदो आइतबारदेखि सुरु हुने बताइएको छ।zindagi-rocks-poster
photo by deep bimali

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.