१४ बर्षमा दोस्रो सोलो एल्बम रक स्टार रिलोडेड


(सेलिब्रेटी नेपाल) २२ चैत्र-चार बर्षको उमेर बाट जिङ्गल गाएर सांगीतिक क्षेत्रमा प्रवेश गरेका अमन प्रधानको दोस्रो गीती एल्बम रकस्टार रिलोडेड सार्बजनिक भएको छ। अमन द रक स्टार एल्बम निकालेर सानै उमेरमा चर्चामा आएका लिटिल रक स्टार अमन प्रधानको दोस्रो सोलो एल्बम ‘रक स्टार रिलोडेड’सुक्रबार काठमाडौँमा औपचारिक बिमोचन भएको छ। भर्खरै १४ बर्षका अमन भबिस्यमा गायनमा नै जम्न चाहन्छन।
rockstar-aman
प्रतिभाशाली गायकको रुपमा आफ्नो पहिचाहन बनाउदै गरेका अमनको रकस्टार रिलोडेडलाई राजधानीको अल्फाविटामा आयोजित समारोहमा गीतकार तथा पुर्व अर्थ मन्त्रि एसपी कोइराला तथा उनि अध्ययनरत स्कुलका प्रधानाध्यापक प्रविण मोक्तानले विमोचन गराएका हुन।
aman-pradhan
चर्चित संगीतकार राहुल प्रधानका छोरा अमनको रकस्टार रिलोडेडमा १२ वटा गीत संगीत समेटिएको छ्र क्षेत्रप्रताप अधिकारी, योगेन्द्रमणि दाहाल, बासु ढकाल, नरेश भट्टराई राजाराम ढकाल, पोपिराज राई , हेमन्त परदेशी र जनकदिप पराजिलोको शब्दलाई राहुल प्रधानले संगीतबद्द गरेको गीतहरुलाई अमनले गायका छन ।

कार्यक्रममा अमनको एल्बममा समावेश तीन वटा गीतको म्युजिक भिडियो समेत देखाइएको थियो । उनको एल्बमको चर्चा चल्यो, जोगाउ मिली तथा साँझ बिहानी नामक गीतको म्युजिक भिडियो देखाइएको थियो्र उनको म्युजिक भिडियोलाई सहेन्द्र श्रेष्ठ र निकेश खड्काले निर्देशन गरेका छन । एल्बम रिलिज संगै युरोपको विभिन्न देशमा सांगीतिक कन्सर्टको तैयारीमा लाग्ने उनले बताएका छन ।