पाटन ढोकामा बेबारिसे सडक बालक फेला परेपछी (भिडियो)


(सेलिब्रेटी नेपाल) १९ चैत्र-पाटन ढोकाको सडकछेउमा एक बेबारिसे बालक फेला पर्छ। आफ्नो दैनिक गुजरा चलाऊनको लागि प्लास्टिक टिप्दै हिंड्ने अर्को एक सडक बालकले उक्त नाबलक शिशुलाई देख्छ। र बेबारिसे अवस्थामा छाड्नु भन्दा मन्दिरमा पूजा गर्न, धर्म गर्न आउने धर्मात्माहरुले नाबलकलाई शरण दिनेछन् भन्ने सोचले उक्त नाबालकलाई कुनै मन्दिरको छेउमा राख्छ । तर कसैले उक्त अबोध बालक प्रति दया देखाउदैनन् । बरु माग्नेको भेषमा देख्दछन् र १-२ रुपैया दिन थाल्छन्। Sadak-balak
सडकमा दिन प्रतिदिन बढ्दै गरेका सडक बालक प्रति आधारित् रहेर निर्माण गरिएको म्युजिक भिडियो ‘बाटो’ले अहिले चौतर्फी चर्चा पाईरहेको छ। आर्टिस्ट नेपाल प्रोडक्सनको निर्माणमा तयार भएको यस म्युजिक भिडियोलाई नब ढुंगेलले निर्देशन गरेका हुन्। जसमा सडक बालकको कथालाई अत्यन्तै मार्मिक ढंगबाट प्रस्तुत गरिएको छ।
shisir-yogi
गीतकार शेखर ढुङेलले यस् गीतलाई ५ बर्ष अघीनै लेखेका हुन । र ५ बर्ष अगाडीनै सुशिल विश्वकर्माको संगीतमा सिशिर योगीले गाएका हुन् । यस् बर्ष नेपाल आउँदा उनले सडक बालक झन झन बढीरहेको देखे र यही गीतलाई सडक बालक प्रति समर्पित गर्दै भिडियो बनाउन निर्देशक नब ढुङेललाई आग्रह गरे।

भिडियोलाई अमृत सुनुवारले खिचेका छन् भने टेकेन्द्र शाहले सम्पादन गरेका छन्। भिडियोमा सन्दर्भ न्युरे, सौर्या पन्डित, सन्तोष अधिकारी, सन्ध्या गिरी लगायतका कलाकर्मीहरुले अभिनय गरेका छन।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.