लंका को ढोका खुल्यो



सेलेब्रिटी नेपाल मंगसिर १- नेपाली चलचित्र बजार ओरालो लागि रहेको बेला कार्तिक महिना मा मात्रै १० ओटा चलचित्र रिलिज भयका थिय। मंगसिर महिना को सुरु वाती संगै देश भरिका ७५ ओटा हल मा श्याम भट्टराई को चलचित्र लंका सोलो रिलिज भयो ।श्याम भट्टराई निर्देशित चलचित्रमा रेखा थापा, किशोर खतिवडा, नन्दु श्रीवास्तव लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्र मा नारी पात्र लाई प्रमुख भूमिका मा प्रस्तुत गरियको छ ।चण्डिका फिल्म्सको व्यानरमा श्याम भट्टराईको साथमा ओम प्रकाश अग्रवाल, मालती शाह र संजय कुटुले संयुक्त लगानी गरेको यो चलचित्रलाई चर्चित निर्माता छबिराज ओझाले सल्लाहकारको रूपमा रहेर चलचित्रको निर्माणमा सहयोग गरेका छन् ।