बाल कलाकारहरुको द्वन्द लक्की 7 (भिडियो सहित)


Luckky-7-poster(सेलिब्रेटी नेपाल) ९ फागुन- नेपाली चलचित्र हरुको लिस्टमा अर्को चलचित्र थपिएको छ ‘लक्की सेवेन’सम्पादन सकेर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लक्की सेवेन’लाई जेनिशा बज्राचार्य र शिवानी बलामीले संयुक्त निर्माण गरेका हुन् भने निर्देशन दिनेश राज शर्माले गरेका हुन्। चलचित्रमा जय किशन बस्नेत,जेशिका खड्का,सुनिल थापा,शिवानी बलामीको मुख्य अभिनय रहेको छ। एक्सन प्रधान चलचित्रमा बाल कलाकार हरुको भूमिका लाई प्रमुख रुपमा देखाउन खोजिएको छ। बि.जी.फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको द्वन निर्देशन बाबु बलामीले गरेका छन्। बाल दर्शकहरु लाई लक्षित गरिएको चलचित्र बैशाख महिनामा रिलिज गरिने निर्माण पक्षले जानकारी दिएको छ।