तिहार को मौका छोपी नायक नायिका देउसीमा (भिडियो)


सेलेब्रिटी नेपाल कार्तिक २९-तिहार को मौका छोपी गायक बि.पी.वाग्ले ले आफ्नो नया गीतको भिडियो सार्बजनिक गरेका छन्। ‘आज तिहारको’ बोलको गीतको भिडियो देउसी भैलो खेल्दाको बास्तबिकता नै दिने प्रकारले बनायको छ। चेतन चुडालको संगीतमा रेशम विरहीले कोरेको यो गीतमा गायक वीपी वाग्लेलाई गायिका माण्डवी त्रिपाठीले साथ दिएकी छिन्। भिडियोलाई समन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा रविन्द्र खड्काको सम्पादन, अमृत सुनवारको छायांकन छ । भिडियोमा नेपाली सिनेमाका नायक तथा नायिकाले अभिनय गरेका छन् ।नायिका अनु शाह, रिमा विश्वकर्मा, मोडल शिल्पा पोखरेल, नायक यश राज, मोडल रञ्जन रिजाल लगायतले अभिनय गरेको यो भिडियोलाई रेष्क्यू क्रियशनको व्यानरमा तयार पारिएको हो ।