चलचित्र पत्रकार संघ अध्यक्षको पदमा ५ जनाको उमेद्वारी पर्ने


(सेलिब्रेटी नेपाल) ३० फागुन-नेपाल चलचित्र पत्रकार संघको स्थापना २०५६ सालमा भएको हो चलचित्रका संस्थापक अध्यक्ष भरत  शाक्य हुन्। भरत शाक्य पछि बिदुर गिरिले दुइ कार्यकाल अध्यक्षको पद सम्हालिसकेका छन्। शान्ति प्रियले एक कार्यकाल अध्यक्ष बनेर आफ्नो खुबी देखाई सकेका छन्। चलचित्र पत्रकार संघको मुख्य उपलब्धिमुलक कार्य भनेको औपचारिक कार्यक्रममा संघका प्रतिनिधि अतिथि बनेर ड्यास मा बस्नु हो। जब साधारण सभा र नयाँ नेतृत्व चयन गर्ने समय आउँछ त्यति बेला मात्र संघमा चहल  पहल देखिन्छ अन्य समय संघ सुन्य जस्तै हुन्छ यति बेला गर्मि मौसमको सुरुवात संगै चलचित्र पत्रकार संघ पनि तातिएको छ। अरु राजनीतिक चुनाब जस्तै पत्रकार संघको चुनाबमा पनि पदको लागि हानथाप हुन थाली सकेको छ। पत्रकार हरुको हितमा कार्य गर्ने संस्थामा जो सक्रिय रुपमा निरन्तर कार्य गरि रहेका छन् उनि हरुको सदस्यता छैन। जो अन्य क्षेत्रमा बढी समय दिने गर्दछन उनिहरु महत्वपुर्ण पदमा समेत रहेका छन्।Bidur-giri,shanti,pradip,dabbuचलचित्र पत्रकार संघको साधारण सभा चैत्र ६ गते सम्पन्न हुन गइ रहेको छ साधारण सभा संगै संघले नयाँ कार्यसमिति चयन गर्ने छ। सदस्यको हक हितको लागि कार्य गर्ने प्रमुख उदेस्य भएको संस्थाको अध्यक्ष जस्तो पद सर्बसहमति हुनु पर्ने हो तर यसपालिको चुनाबमा अध्यक्षका लागि पाँच जनाको उमेद्वारी पर्ने सम्भावना देखिएको छ। हालका अध्यक्ष बिदुर गिरि,निबर्तमान अध्यक्ष शान्ति प्रिय,हालका उपाध्यक्ष प्रदिप निरौला,अर्का उपाध्यक्ष आर.डी.शृंखला र गत बर्ष अध्यक्ष पदमा दुइ मतले पराजित भएका डब्बु क्षेत्रिको उमेद्वारी पर्ने देखिएको छ। पाँचै जना संग अनौपचारिक कुरा गर्दा आफुले उमेद्वारी दिनै पर्ने बताएका छन्। त्यसै गरि उपाध्यक्ष पदका लागि पनि कडा प्रतिस्पर्धा हुने देखिन्छ। प्राबिधिक संघका अध्यक्ष मनोज के सी पनि उपाध्यक्ष पदका लागि उमेद्वारी दिने सोचमा छन्। महासचिब पदका लागि रञ्जन घिमिरे र राज श्रेष्ठको प्रतिस्पर्धा हुने देखिएको छ भने कोसाध्यक्षका लागि हालका कोसाध्यक्ष रहेका निर्देशक समाजका कोसाध्यक्ष रहेका सुमन दाहालले फेरी पनि उमेद्वारी दिने भएका छन्।

२०६४ सालमा संघका साधारण सदस्य ६२ जना थिय अहिले २०७० सालमा सदस्य ६३ जना रहेका छन्। ६ बर्षको अन्तरालमा कति वटा मिडिया हाउस थपिए कति जना जति चलचित्र पत्रकारिता गर्ने साथी हरु थपिए होलान त्यसको तथ्यांक त याँहा प्रस्तुत गर्न जरुरि छैन। ६ बर्षको संघको उपलब्धि भनेको एक जना सदस्य थपिनु नै हो त यसको समिक्षा गर्नु जरुरि छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.