‘आई ह्याव रिजन टु डाई’ अडियो लन्च


(सेलिब्रेटी नेपाल) २८ फागुन-ब्ल्याकपल मुभिज प्राली’को व्यानरमा तयार भएको चलचित्र ‘आई ह्याव रिजन टु डाई’को आज राजधानीमा एक सार्वजनिक कार्यक्रमका बीच अडियो लन्च गरिएको छ। युवा निर्देशक विक्रम थापाले निर्देशन गरेको यो चलचित्र बैशाख १९ गते बाट सार्बजनिक प्रदर्शन सुरु हुने छ यस चलचित्र लाई कारण श्रेष्ठ ले वितरणको जिम्मा लिएका छन्। चलचित्र संघका अध्यक्ष राज कुमार राई,चलचित्र संघ का महा सचिब प्रदिप उदय,पत्रकार शन्ति प्रिय लगाएतले चलचित्रको अडियो सार्बजनिक गरे उक्त कार्यक्रममा बोल्ने बक्ता हरुले नयाँ व्यक्ति हरुले मिलेर बनाएको चलचित्रले राम्रो व्यापार गरोस भन्ने सुभकामना दिए। i-have-reason-to-die-songsयस चलचित्रमा कृष्ण पराजुली, सुस्मिता ढकाल र आशिष न्यौपानेको मुख्य अभिनय रहेको छ। चलचित्र ‘आई ह्याव रिजन टु डाई’ कलेजमा अध्ययन गरिरहेका बिशेषतः प्रेममा परेका किशोरावस्थाका युवा युवतीहरुको कथालाई मुख्य विषयवस्तु बनाएर तयार निर्देशक थापाले जानकारी दिए। अरुण लुईटेल, निना थापा र राजु महर्जनले संयुक्त लगानीमा चलचित्र तयार भएको हो । भने चलचित्रमा सह-निर्देशन नरेन्द्र वाग्लेले गरेका छन । ‘आई ह्याव रिजन टु डाई’लाई निरज श्रेष्ठ र राजेश थापाले खिचेका हुन भने यो चलचित्रमा संगित प्रतिक थापाको रहेको छ । त्यस्तै चलचित्रमा समाबेश गीतहरुमा स्वर अनुभुती गुरुङ र विकेश के शंकरको रहेको छ।
Reason-to-die-poster

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.