ढकाल तेस्रो पटक एक्लै गुञ्जने


(सेलिब्रेटी नेपाल) २७ फागुन-गायक रामकृष्ण ढकाल तेस्रो पटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। वि.सं. २०७० सालको विदाई र २०७१ सालको स्वागत स्वरुप चैत ३० गते तेश्रो ढकाल सुमधुर साँझ हुने भएको छ।
Ramkrishna-dhakal-sanjh
आधुनिक, पप, गजल, भजन, चलचित्र जस्ता गीत गाएर लोकप्रिय भएका ढकालले आफ्ना सुमधुर गीत मार्फत दर्शक लाई मनोरंजन प्रदान गर्ने छन्। २०४५ सलामा पहिलो पटक ढकाल सुमधुर साँझ बाट सर्वाधिक बढि चर्चा र लोकप्रियताको शिखर चुमेका गायक ढकाल २०५५ सालपछि यो साँझमा प्रस्तुत हुँदैछन्। यो साँझमा २५ जनाभन्दा बढि दार्जलिङ र स्वेदशका वरिष्ठ बाध्यवादकहरुले ढकाललाई साथ दिने भएका छन्। होटल याक एण्ड यतिमा हुन लागेको एकल साँझमा सहभागी हुने हरुले ५ हजार सुल्क तिर्नु पर्ने छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.