‘ग्यांग्स् ईन द स्याडो’ को पोस्टर सार्बजनिक


(सेलिब्रेटी नेपाल) २७ फागुन-गुण्डागर्दी, लागुपदार्थ दुर्व्यसनी लगाएत समाजमा भएका विद्यमान विसंगती माथी ए बि पिक्चर्स फार्मले निर्माण गरेको चलचित्र ‘ग्यांग्स् ईन द स्याडो’ को पोस्टर सार्बजनिक गरिएको छ। भानु प्रतापले चलचित्रको कथा आफैं लेखेका हुन् र निर्देशन पनि उनकै रहेको छ। धेरै बजेटमा निर्माण गरेर मात्र राम्रो चलचित्र बन्ने होइन थोरै बजेटमा पनि राम्रो चलचित्र बनाउन सकिन्छ भन्ने कुराको महसुस गरि कम बजेटमा निर्माण गरिएको चलचित्रको च्यारिटी शो बाट नै लगानी उठाउने निर्माता तथा निर्देशक भानुले जानकारी गराए।
Gangs-in-shadow
चलचित्रमा म्यान्डी बाबु, जि. पि. उप्रेती,पदम बज्राचार्य,सागर गौली, दिपक बम, निशा निरौला, केसब सिलवाल,साकीला, दिपक ढकाल, सुजन थपलीया र रुपक कटुवाल लगायत कलाकारले अभिनय गरेका छन् भने किरण माईकल र प्रमोद परियारले सँगीत दिएका छन्।प्रज्जवलीत पराजुलीको सम्पादन रहेको चलचित्र लाई विक्रमले खिचेका हुन्।

Copyright © 2012 - 2026 | All Right Reserved.