उध्रेको चोली लाउने गायिका अब गीतकार तथा संगीतकार पनि (भिडियो)


(सेलिब्रेटी नेपाल) २६ फागुन-उध्रेको चोली बाट अत्यधिक हिट बनेकी गायिका इन्दिरा जोशीको नयाँ भिडियो सार्वजनिक गरिएको छ। ‘जाउँ कि नजाउँ’ बोलको को म्यूजिक भिडियो शेयरिङ साइट यूट्युवमा यो गीतले निकै चर्चा पुन थालेको छ। नितिन चन्दको निर्देशनमा तयार भएको यस म्यूजिकमा कुटुम्बको बाद्य यन्त्रहरूको प्रयोग गरिएको छ।
Indira-joshi-singer
यो गीतमा नेपालीहरूले आफ्नो मातृभूमि छोडेर बिदेश जाने बेलाको पीडालाइ निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ। यस गीतलाइ गायिका स्वयंले लेखेकी हुन भने संगीत पनि उनकै रहेको छ । मुलुकमा नेपालीहरू विदेसिइरहेको अहिलेको समसामयिक अबस्थाको चित्रण गरिएको यस गीतलाइ योर स्टाइल टिभीले निर्माण गरेको हो। पउल शाहको सम्पादन गरेको यस गीतको कोरियोग्राफी सुमन भट्टराइले गरेका हुन।