तिहारको रौनक मा पनि प्रड्युसर सम्पादन मा ब्यस्त



सेलेब्रिटी नेपाल कार्तिक २८-करिब ६०ओटा म्युजिक भिडियो र १०० जति बिज्ञापन र एउटा टेली चलचित्र निर्देशन गरे पश्चात चलचित्र पनि गर्नु पर्छ भन्ने विचार का साथ जनक दीप पराजुलीले निर्देशन गरेको चलचित्र”प्रड्युसर” हाल भने हाल पोस्ट प्रडक्सनको क्रम मा रहेको छ। चलचित्रमा अभिनय गर्न चाहने युवा युवतीले आफ्नो चाहना पुरा गर्न कत्तिको दुख संघर्ष गर्नु पर्छ भन्ने बिषय बस्तुलाई आधार बनाएर बन्न लागेको चलचित्र हो “प्रड्युसर”। निर्माण पक्षको पिडा र कलाकारको अवस्थालाई व्यांगात्मक रुपमा प्रस्तुत गरिएको उक्त चलचित्रको मिन भबन स्थीत डिजिटल एफ एक्स स्टुडियोमा प्रज्वलित पराजुलीले सम्पादन गर्दैछन। सो चलचित्र मिडिया कलेक्सनको प्रस्तुति तथा आर सी पिक्चर्स को सहकार्यमा निर्माण हुँदै छ। तिहार लगतै चलचित्रको सम्पूर्ण कार्य सकाउने लक्ष्य रहेको चलचित्र निर्माण युनिटले जनाएको छ।

ज्योति राज राई को चलचित्र ” “प्रड्युसर” लाइ राज कुमार राइ ले निर्माण गरेका हुन् भने केशब अधिकारी कार्यकारी निर्माता हुन्। किरण माइकल को शब्द तथा रोशन श्रेष्ठको द्वन्द रहको छ। श्याम अर्याल, बाबु बोगटी, स्वेता भट्टराई, विल्सन बिक्रम राई, श्याम राई , पायल रायमाझी , लक्ष्मीनाथ शर्मा, रबिन्द्र खड्का लगायतले अभिनय गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.