सबै तिरबाट तारिफ पाई रहेको मोक्षले सुनिल लाई मोक्ष देला ??


(सेलिब्रेटी नेपाल ) २१ माघ-आउँदो सुक्रबार बाट प्रदर्शनमा आउन लागेको चलचित्र मोक्षले सबै तिर बाट तारिफ पाई रहेको छ। सोमबार साँझ जय नेपाल हलमा चलचित्रले प्रिमियर शो को आयोजना गरेको थियो उक्त शो मा चलचित्र हेर्न उपस्थित चलचित्र कर्मीतथा पत्रकार हरुले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका छन्। जय नेपालमा हलमा चलचित्र प्रदर्शन पूर्व औपचारिक कार्यक्रम समेत गरि कार्यक्रममा गएको ९ गते आयोजित च्यारिटी शोबाट उठेको ६० प्रतिशत रकम मध्येको २ लाख ५ हजार सक्षम नेपाल नामक संस्थालाई हस्तान्तरण गरिएको थियो।
mokshya-poster
चलचित्र निर्देशक प्रविन श्रेष्ठको आफ्नै जीवनीमा आधारित रहेको चलचित्र हो। बालाजी फिल्म्स को ब्यानरमा सुनिल मानन्धरले निर्माण गरेको यस चलचित्रमा कोशिस क्षेत्री, बेनिशा हमाल, विक्रम सिंह, दिपेश भण्डारी, मनिष गोदार, वसन्त भट्ट, दुर्गा बराइली, सपना श्रेष्ठको मुख्य भूमिका रहेको छ। यस भन्दा पहिले सुनिल मानन्धरले निर्माण गरेको चलचित्र मायाज बर ले सोचे अनुरुप व्यापार गर्न सकेको थिएन मोक्ष बाट सुनिल मानन्धर धेरै आशाबादी रहेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.