उपत्यका बाहिर एक दिन अगाढी नै पुग्यो प्रोडुसर


(सेलिब्रेटी नेपाल) १५ माघ-बहुप्रतिक्षित चलचित्र ‘प्रोडुसर’ लाई उपत्यका बाहिरका दर्शक हरुले एक दिन अगाडि नै हेर्न पाउने भएका छन्। काठमाडौँमा शुक्रबार बाट मात्रै रिलिज हुनेछ। राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्माता राजकुमार राईले सार्वजनिक बिदा भएकोले चलचित्रको ओपनिङ निकै राम्रो हुने विश्वास व्यक्त गरे। बिहीबार सहिद दिवस र शुक्रबार ल्होसारको बिदा छ। चलचित्र पूर्णत हास्य प्रधान रहेको बताईएको छ।
producer poster
चलचित्रको रिलिज तथा बिभिन्न पक्षको बारेमा जानकारी गराउन राजधानीमा आयोजित एक कार्यक्रममा यो चलचित्रका प्रस्तुतकर्ता तथा निर्माता ज्योतिराज राईले पनि आफ्नो चलचित्र पुर्णतः कमेडी रहेको भन्दै हलसम्म पुग्ने दर्शकलाई यसका कलाकारहरुले निराश हुन नपर्ने दाबी गरे ।

आरसि पिक्चर्स प्रालीको ब्यानरमा तयार भएको यो चलचित्रलाई जनकदिप पराजुलीले निर्देशन गरेका हुन । चलचित्रले चलचित्र भित्रकै कथा बोल्नेछ । चलचित्रमा नायक बन्ने सपना बुनेको एक युवकको कथामा अनि निर्माता तथा निर्देशकको पीडाको कुरा चलचित्रमा समाबेश छ ।यो चलचित्रमा श्याम अर्याल, बाबु बोगटी, विल्सनविक्रम राई, श्वेता भट्टराई लगायतका कलाकारहरुले अभिनय गरेका छन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.