बन्ने भो नेपाली लाहुरेको कथा बिर गोर्खाली


(सेलिब्रेटी नेपाल) १२ माघ-नेपाली चलचित्र क्षेत्रमा बिर गोर्खाली गाथामा आधारित रहेर चलचित्र “वीर गोर्खाली” निर्माण हुने भएको छ। राजधानिमा आज आयोजित एक कार्यक्रमका बिच चलचित्रको युनिटले “दि गोर्खाज्” र कौटिल्य ” जस्ता थुप्रै गोर्खाली गाथा समेटिएको किताबहरु लेखी सकेका भारतिय ब्रीगेडिएर चन्द्र बि खण्डुरीले “वीर गोर्खाली” चलचित्र निर्माण गर्ने हाईट एण्ड डेफ्ट फिल्म कम्पनिको कार्यलय उदघाटन पनि गरेका छन्।
garima-rupa
चलचित्र ‘वीर गोर्खाली’लाई रामहरी श्रेष्टले निर्माण गर्न लागेका हुन । हाल प्रि-प्रोडक्सनमा रहेको चलचित्र आगामी माघ २२ गतेबाट फ्लोरमा जाने भएको छ । नेपाली वीर गोर्खालीहरुको गाथा सहित चलचित्रमा नेपाल र मित्र राष्ट्र भारत बिचको सम्बन्धलाई पनि देखाईने जानकारी गराईयो। शिव घिमिरेको कथा रहेको यो चलचित्र नेपालको चितवन, रसुवा सहित भारतको लखनऊ तथा गोर्खाली गाथा समेटिएको ठाउँहरुमा सुटिङ गरिने निर्देशक बिमल पौडेलले बताए।

‘वीर गोर्खाली’मा ब्रीगेडिएर चन्द्र बि. खण्डुरिको गीत रहने छ। संजयबाबु ढकाल प्रस्तुतकर्ता रहने यो फिल्ममा आयुष रिजाल, ईन्द्र गुरुङ, गरिमा पन्त , रुपा राणा, शम्भु थापालगायतको अभिनय रहने बताईएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.