कामना फिल्म अवार्डस्को औपचारिक घोषणा


(सेलिब्रेटी नेपाल) ११ माघ-रंगपत्रकारितामा तीन दशक लामो यात्रा पार गरेको कामना मासिकको ३० औं वार्षिकोत्सवका अवसरमा कामना न्यूज पब्लिकेशनले् ‘‘कामना फिल्म अवार्डस्’ को औपचारिक घोषणा गरेको छ। चलचित्र सम्बन्धी विभिन्न अवार्डहरुको भीडमा यो अवार्डले बेग्लै महत्व र पहिचान बनाउने विश्वास लिइएको कामना पब्लिकेशनले जनाएको छ ।
KAMANA-AWARD
पब्लिकेशनले प्रतिष्ठित कम्पनी सिजी ईन्टरटेनमेन्टसँगको सहकार्यमा अवार्ड घोषणा गरेको हो। शुक्रबार साँझ पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा आयोजित पत्रकार सम्मेलनमा सिजीका तर्फबाट अध्यक्ष बसन्त चौधरी र कामना पब्लिकेशनबाट पुष्करलाल श्रेष्ठले ५ बर्षे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सो सम्झौता पहिलो चरणका लागि भए पनि सहकार्य बर्षौसम्म अघि बढ्ने सिजीका अध्यक्ष चौधरीले बताउनु भयो।

विसं. २०७० भित्र रिलिज भएका सम्पूर्ण चलचित्रको सहभागीतामा अवार्ड हुने जनाईएको छ । अवार्ड मिति भन तत्काल घोषणा गरिएको छैन।अवार्डका लागि मुख्य, प्राविधिक, सम्मान, क्रिटिक्स र जुरी गरी कुल ३१ बिद्या छुट्याईएको छ । क्रिटिक्सतर्फ भने संगीत, फेशन र नाटकलाई अवार्ड दिईने जनाइएको छ। सम्मानतर्फ नगद एक लाखको अप्रतिश्पर्धी लाईफटाईम अचिभमेन्ट अवार्ड हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.