जीवन सेलिब्रेटीहरुमा प्रविधिमा पहिलो


(सेलिब्रेटी नेपाल ) १० माघ-जीवन लुइँटेल आफ्नो एप्स बनाउने पहिलो नेपाली सेलिब्रेटी भएका छन्। आफ्नो करिअरको सिल्भर जुब्ली (२५ फिल्ममा अभिनय गरेको) को अवसरमा जीवनले आज एप्स लन्च गरेका हुन्। वल्र्ड ट्रेड सेन्टरमा आयोजित एक समारोहकाबीच चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरीले क्लिक गरेर एप्सको उद्घाटन गरेका थिए। सञ्जय बाराकोटी तथा विजय बाराकोटीको सनबी डिजाइन स्टुडियोले तयार पारेको एप्समा जीवनका बारेमा सम्पूर्ण जानकारी पाइने कार्यक्रममा जानकारी गराइएको छ।Jiwan-luitel
जीवनले दर्शकमाझ सहज रुपमा पुग्नको लागि एप्स तयार पारेको बताए। ‘विदेशी कलाकारको एप्स हुन्छ। दर्शकले आफ्नो मन पर्ने कलाकारको बारेमा एप्सबाटै जानकारी लिन्छन्,’ जीवनले भने, ‘तर नेपाली सेलिब्रेटीको एप्स छैन्। त्यसैले दर्शकसँग अझ नजिक हुनको लागि एप्स तयार पारेको हुँ।’ एप्स निर्माण गर्न स्वदेशमा बस्ने दर्शकले मात्र नभई विदेशमा बस्ने नेपालीहरुले पनि आग्रह गरेको उनको भनाई छ। ‘देश/विदेशबाट निकै अनुरोध भएकोले एप्स तयार पारिएको हो। आशा छ, धेरै भन्दा धेरै डाउनलोड हुनेछ,’ उनले भने। गुगल प्ले स्टोरमा गएर Jiwan Luitel टाइप गर्दा यो एप्स सजिलै उपलब्ध हुन्छ।

जीवनको एप्स हालमा एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध हुनेछ। केही समयपछि यो आईओएस (आइफोन/आइप्याड) मा पनि उपलब्ध हुने जीवनले जानकारी दिए। सुचना प्रविधिसँग नजिक रहन चाहने जीवनले अघिल्लो वर्ष आफ्नो निजी वेवसाइट लन्च गरेका थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.