चलचित्र ‘मायाका रंगहरु’ मा अभिनेता कुन्दन भारद्धाज अनुबन्धित



काठमाडौँ। केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकिय चलचित्र ‘मायाका रंगहरु’ मा अभिनेता कुन्दन भारद्धाज अनुबन्धित भएका छन् । भोजपुरीमा कुन्दन चलेको अभिनेताको सूचीमा पर्छन् । उनले सोनी टिभिबाट प्रसारित सिरियल महाराणा प्रताप, सिंहासन, महावली हनुमान अनि बलिउड फिल्म श्रीदेवी बङ्ग्लो र मिशन चाइनामा मुख्य अभिनेताको रुपमा काम गरिसकेका छन् ।

चलचित्रको मुख्य भुमिकामा यसअघि नै अभिनेता पल शाह अनुबन्धित भैसकेका छन् । यो इन्डो नेपाली फिल्मको छायांकन फागुन अन्तिम सातादेखि भारतको सिक्किम बाट सुरु हुनेछ ।

प्रमिस ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन भारतको सिक्किम, दार्जिलिङ, इलाम र काठमाडौंमा गरिने छ । पुनम तामाङ प्रस्तुतकर्ता रहको फिल्ममा भद्र भुजेल र राम मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञावालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ र दीपक शर्माको संगीत, सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ ।

चलचित्रका सह-निर्माता जेनिश न्यौपाने हुन् । चलचित्रको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन् । पर्यटन पर्वद्वनको लागि फिल्म भन्ने उदेश्यले आफुले यो चलचित्र निर्माण गर्न लागेको निर्देशक तामाङले बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.