चलचित्र ‘रक्तबीज’ निर्माण घोषणा



काठमाडौँ। निर्माता संजय न्यौपानेले चलचित्र ‘रक्तबीज’ निर्माण घोषणा गरेको छन् । शुक्रबार कथा, पटकथा तथा संवाद लेखकको रुपमा प्रदीप भारद्धाजलाई अनुबन्धित गर्दै सिनेमा निर्माणको घोषणा गरेका हुन् । न्यौपानेले यसअघि ‘प्रेम दिवस’ नाममा सिनेमा निर्माण गरेका थिए । उनले थुप्रै सिनेमामा अभिनय समेत गरेका छन् । यो सिनेमामा अभिनेता सौगात मल्ल, विशाल खरेल र प्रमोद अग्रहरीको मुख्य भुमिका रहनेछ । अभिनेता खरेलले निर्माता न्यौपानेको प्रेम दिवसबाट अभिनयमा डेव्यु गरेका थिए । सिनेमाको छायांकन अर्को वर्षको असोजबाट गरिने निर्माता न्यौपानेले बताए ।

संजय न्यौपाने प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमालाई एलए ग्रुप अमेरिका र कमल खतिवडाको लगानी रहनेछ । अभिनेता सौगात मल्लले लेखक प्रदीप भारद्धाजले केही समय अगाडी नै कथा सुनाएको र आफुलाई स्कृप्ट र भुमिका निकै मन परेकाले काम गर्न तयार भएको बताए । यो सिनेमाको मुख्य अभिनेत्री लगायत मुख्य भुमिकामा का मगर्ने केही कलाकार र निर्देशकको केही दिनमा टुङ्गो लाग्ने निर्माण टिमले जनाएको छ ।

चलचित्र डार्क एक्सन जनरामा निर्माण हुनेछ । असोजबाट फ्लोरमा जाने चलचित्रलाई सौरभ लामाले खिच्नेछन् । चलचित्रको सम्पुर्ण छायांकन पूर्वी नेपालको इलाम र झापामा गरिनेछ ।