‘हात्तीछाप’ को पहिलो गीतमा रोमान्टिक दयाहाङ र उपासना



काठमाडौँ। चलचित्र ‘हात्तीछाप’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘मायालु’ बोलको रोमान्टिक गीतमा प्रताप दास र ममता गुरुङको स्वर रहेको छ। रोमान्टिक गीतमा हर्क साउदको शब्द र उज्वल सागरको संगीत रहेको छ। सार्वजनिक गीतमा दयाहाङ र उपासनाको प्रेम झल्किएको छ।

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, वुद्दि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारि, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेन भुजेल, रिजोन परियार, अनिषा अधिकारी र उत्तम(बौवा)को अभिनय छ ।

सिमोस सुनुवारको निर्देशनमा तयार भएको चलचित्रमा प्रदीप भारद्धाजको लेखन, निमेष श्रेष्ठको सम्पादन, सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, उज्ज्वल सागर र आशिष मगरको संगीत छ ।

चलचित्र माघको २६ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रले सामाजिक र राजनीतिक कथालाई रोचक तरिकाले भनेको निर्माणपक्षले बताएको छ ।
रेड बर्ड प्रोडक्शनको निर्माणमा तयार भएकोचलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन् । चलचित्रका प्रोडक्शन हेड सुरज आचार्य हुन् । चलचित्रमा अमलादेवी राई, पुष्कर गुरुङ र जय श्रेष्ठ निर्माताको रुपमा छन् । चलचित्रका कार्यकारी निर्माता सरोज नेपाली हुन् । चलचित्रलाई नेपालमा रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन् भने विदेशमा यो चलचित्रलाई एमएसएम पोष्ट प्रोडक्शनले वितरण गर्नेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.