६ एकान ६ ले बनायो ६ जना लाई गोरु


(सेलिब्रेटी नेपाल) २३ पौष -आगामी २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘छ एकान छ’ ले प्रचारका लागि नयाँ शैली अपनाइएको छ। उसले अपनाएको नौलो शैलीमा गोरु जस्तो बनेर ६ जना मानिसहरुले चलचित्रको प्रचार गर्दै हिडेका छन्। मुख्य ट्राफिक जाम हुने क्षेत्र नयाँ बानेश्वर, कोटेश्वर, गंगबु ,बसपार्क, कमल पोखरी,कलंकी, थापाथली र चाबहिलमा रातो डमी ड्रेसमा लेखिएको ‘६ एकान ६’को स्टिकरसंगै पैदल यात्रुलाई फिल्म हेरिदिन आग्रह पनि गर्ने छन्। यो प्रचार शैली पौष २७ गते सम्म जारी रहनेछ ।
Jitu-nepal-6-ekan-6
सडक प्रयोगकर्तालाई चलचित्रको बारेमा जानकारी गराउने मात्र नभएर ट्राफिक प्रहरीलाई सवारी ब्यबस्थापनमा सहयोग समेत गर्ने निर्माता निर्मल शर्माले बताए । प्रचार शैलीको सुरुवात कार्यक्रममा निर्माता निर्मल शर्मा र कलाकार जितु नेपालको पनि उपस्थिती रहेको थियो । चलचित्रमा निर्मल र जितु को अलवा दिपकराज गिरी ,केदार घिमिरे, सिताराम कट्टेल, सन्दिप क्षेत्री, शिवहरी पौडेल र नायिका नीता ढुंगानाको पनि अभिनय छ ।