दुईजना सेलिब्रेटी समानुपातिक सभासद बन्न सफल

(सेलिब्रेटी नेपाल) २२ पौष-संविधानसभा निर्वाचनमा थुप्रै सेलिब्रेटीहरुको सहभागिता रहे पनि सभासदसम्म पुग्न भने थोरैले मात्र पाउने भएका छन्। कला क्षेत्रबाट दुईजना सेलिब्रेटी समानुपातिक सभासद बनेका छन्। गायिका मधु गुरुङ र जनबादी गायक जेबी टुहुरे समानुपातिक सभासद बन्न सफल भएका छन्।
jb-tuhure
मधुलाई एमालेले सभासद बनाएको हो भने टुहुरे एमाओवादीको तर्फबाट सभासद बनेका हुन्। यि दुई जना सेलिब्रेटीको संविधानसभा प्रवेशलाई कला क्षेत्रमा महत्वपूर्ण रुपमा हेरिएको छ।