ह्युमन राईट्स फिल्म वीक मंसिर २ देखि


सेलेब्रिटी नेपाल कार्तिक २७- आउदो मंसिर २ देखि ९ सम्म सम्म राजधानीका विभिन्न पाँच स्थानमा मानव अधिकारको बिषयमा आधारित भएर तयार गरिएका फिल्महरुको प्रदर्शनी हुने भएको छ । ह्युमन राईट्स फिल्म वीक अन्र्तगत उक्त प्रदर्शनी हुन लागेको हो ।आईतबार एक प्रेस मिट गरी आयोजक ह्युमन राईट्स फिल्म फोकस नेपालले १७ अन्र्तराष्ट्रिय र ७ नेपाली फिल्महरु एक साता प्रदर्शनीमा हुनेछन् । प्रेस मिटमा दिईएको जानकारी अनुसार पहिलो दिनको उद्घाटन कार्यक्रम काठमाण्डू कालिकास्थान स्थित सर्वनाम थिएटरमा गरिने छ । पहिलो दिन महिला बेचबिखनको बिषयमा तयार गरिएको ‘प्राईस अफ सेक्स’ (यौनको मूल्य) नाम फिल्म प्रिमियर हुने छ ।
यस्तै पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार सर्वनाम थिएटर सहित ललितपुर पाटन क्षेत्रमा रहेका ईमेज आर्क, रातो बंगला तथा यलमाया केन्द्र र काठमाण्डू स्थित १९०५ लाई अन्य प्रदर्शन स्थल तोकिएको छ । यो फिल्म वीकलाई सफन पार्न निर्देशक आकाश अधिकारीको फिल्म निर्माण कम्पनी द् स्काई मुभिज, मोसन पिक्चर्स प्रोडक्सन र फ्लेम्स अफ होप नेपालले सहकार्य गरेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.