तोरी लाहुरेलाई फागुन १४ गते भेट्न सकिने


(सेलिब्रेटी नेपाल) ११ पौष-द्वन्द निर्देशन बाट निर्देशनमा हात हालेका निर्देशक एन बि महर्जनको निर्देशनमा तयार भएको चलचित्र ‘तोरी लाहुरे’ फागुन १४ बाट प्रदर्शनमा आउने भएको छ।
TORI-LAHURE nb maharjan
नेपाली चलचित्रको नाम राख्दै जाने क्रममा नयाँ नाम हो तोरी लाहुरे नेपाली भाषामा तोरी लाहुरेको अर्थ रद्दी, बिकामे, लठ्ठक, लम्फू हुन्छ। तोरी लाहुरेलाई नेपाली वृहत शब्दकोषले अर्थ मा लेखेको छ ‘केही दिनको तडकभडकपछि फेरि ठन्डाराम भएको व्यक्ति, जीउडाल र रवाफमा खाइलाग्दो तर व्यवहारमा विश्वास गर्न नसकिने, काम र कुराको ठेगान नभएको मान्छे। अर्थ नराम्रो लाग्ने नाम भए पनि चलचित्र राम्रो बनेको र सफल हुने आशा गरेको निर्माण युनिटले बताएको छ।

दिलकुमार र रोशिफ तामाङले संयुक्त रुपमा निर्माण गरेको ‘तोरी लाहुरेमा’ निरज कँडेलको छायाङकन, कथा कृष्ण आचार्यको रहेको छ। चलचित्रमा सन्तोष राजको संगीत सुन्न पाइने छ भने शंकर महर्जनको द्वन्द्व र गम्भिर बिष्टको नृत्यलाई हेर्न सकिने छ। चलचित्रमा गजिट विष्ट, सुवास थापा, अशिष्मा नकर्मी, समुना केसी, दिनेश डिसी,रोहित रुम्बा आदि कलाकारको मुख्य अभिनय रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.