मलेसियामा हुने भनिएको नेफ्टा अवार्ड फेरी रोकियो


(सेलिब्रेटी नेपाल) ४ पौष-चलचित्र प्राविधिक संघको आयोजनमा यहि पुष १० गते हुने भनिएको ‘छैटौ नेफ्टा फिल्म अवार्ड’ फेरी सरेको छ। आयाजकले पहिलो पटक कात्तिकमा गर्ने भनेर घोषणा गरे पनि पर्याप्त तयारी नपुगेको भन्दै पुषमा मलेसियामा गर्ने भन्दै अवार्ड सारिएको थियो। तर अहिले घोषणाको मिती नजिकीदै गर्दा फेरी पनि तयारीका लागी समय अपुग भन्दै आयोजकले सार्ने तयारी गरेको छ। अब अवार्डको मिति तय गर्न बुधबार आयोजक संस्था नेपाल प्रविधिक संघ अध्यक्ष मनोज केसीको नेतृत्वमा चार सदस्यीय टोली मलेसिया उडेको छ।
nefta-film-award
पटक – पटक गरेर कलाकार टोली मलेसिया लैजाने तयारी गरेको नेफ्टाले अवार्ड मलेसियाको चर्चित स्थान पुत्राजायको पुत्राजाय हलमा गर्न लागेको हो। कार्यक्रममा नेपाली चलचित्रका १ सय भन्दा बढि कलाकार तथा चलचित्रकर्मीको लैजाने लक्ष्य आयोजकले लिएको छ। पहिलो पटक बिदेशी भूमिमा गर्न लागेको अवार्ड यसरि पटक पटक सर्दा अब अवार्ड कसरि र कस्तो स्वरुपमा होला भन्ने आशंका पैदा भएको छ।

अवार्डको नोमिनेसन सार्बजनिक भए संगै नेफ्टा अवार्डको टप थ्री नोमिनेसन प्रति बिस्वस्नियता गुमेको पनि धेरैले भनेका थिए मलेसियामा धेरै कलाकार लान गार्हो हुने भएकोले टप फाईभ बाट टप थ्री निकालिएको प्राबिधिक संघका अध्यक्ष मनोज के सी बताउछन् टप फाईभ बाट टप थ्री निकाल्नु त ठिकै हो। ६ -६ वटा विधामा टप थ्रीमा एकै जनाको नाम २ वटा चलचित्र बाट पर्दा धेरैले जिब्रो टोकेका थिए। प्राबिधिक संघका अध्यक्ष मनोज के सी भन्छन ‘शत्रुहरु लागेका छन् त्यसै भएर गार्हो भएको छ’।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.