मिस नेपाल श्रीच्छाले गरिन् क्वीन कलेक्सनको उद्घाटन



काठमाडौँ । मिस नेपाल श्रीच्छा प्रधानले आफूलाई नेपाली पहिरनमै रुचि रहेको बताएकी छन् । नेपाली पहिरनमा ढाका बढी मन पर्ने र प्रयोग गर्ने बताएकी उनले आकर्षक, सजिलो र उचित मूल्यमा नेपाली पहिरन मिल्ने भएकोले सबैलाई प्रयोग गर्न समेत सुझाएकी छन् ।

शुक्रवारबाट ललितपुरको जावलाखेलस्थित सञ्चालनमा आएको क्वीन कलेक्सन उद्घाटन गर्दै प्रधानले नेपाली पहिरन धेरै कुरामा सोचेर, सजिलो र स्वास्थ्यको दृष्टिले समेत निर्माण हुने भएकोले प्रयोग गर्न सजिलो समेत रहेको उनको भनाइ थियो ।

‘म नेपाली बुटिकहरुकै फेसन प्रयोग गर्छु । किनभने त्यहाँ मूल्य सुहाउँदो र सबैले तिर्न सक्ने हुन्छ’, उनले भनिन् ‘बुटिकमा आफूले चाहेजस्तो डिजाइन छान्न र बनाउन सकिन्छ ।’ ग्राहक प्रतिको जिम्मेवारीमा अन्य भन्दा बुटिक अलि बढी जिम्मेवार हुने गरेको आफूले पाएको उनले सुनाइन् ।

‘बुटिका पहिरन एकदमै कलरफुल, युनिक डिजाइन हुन्छ । अहिलेका हामी युवाले पहिलेका कल्चर पहिरन प्रयोग गर्दा अर्कै किसिमको गर्व फिल हुन्छ । त्यही कारणले पनि म नेपाली पहिरनमा रमाउँछु’ उनले थपिन् ।

प्रधान ‘मिस वर्ल्ड’ को तयारी गरिरहेकी छन् । ‘मिस वर्ल्ड’ को प्लेटफर्ममा पनि उनले नेपाली विभिन्न कला संस्कृति र वातावरण झल्कने पहिरन प्रयोग गर्ने सोचमा छिन् । त्यसका लागि उनले नेपाली डिजाइनर, त्यो पनि आइआइएफटी स्कुल अफ फेसनसँगको छलफलमा छिन् । मिस नेपालमा पनि आइआइएफटीको सहकार्य रहेकोले मिस वर्ल्डका लागि सहकार्य गर्ने सोच बनाएको उनले बताइन् ।

क्वीन कलेक्सन मेनका रानाले सञ्चालनमा ल्याएकी हुन् । मेनका आइआइएफटी स्कुल ओफ फेसन ललितपुरकी विद्यार्थी हुन् । आफूले अध्ययन गरेर सिकेको कुरा प्रयोग गर्ने र फेसनमा सेवा दिने उद्देश्यले क्वीन कलेक्सन सञ्चालनमा ल्याएको रानाले बताइन् ।

विश्व बजारमा चलेका र आकर्षक डिजाइन समेत उपलब्ध हुने बुटिकमा आफूलाई मन पर्ने डिजाइन उचित मूल्यमा तयार गर्न लगाउन पनि सकिनेछ । बुटिकले आफ्नो डिजाइनमा क्वालिटी र रंग संयोजनमा समेत विशेष ध्यान दिने बताएको छ ।