यस वर्षको लेखनाथ साहित्य पुरस्कार जनकवि केशरी धर्मराज थापालाई


(सेलिब्रेटी नेपाल) २७ मंसिर-यस वर्ष ‘लेखनाथ साहित्य पुरस्कार २०७०’ बाट जनकवि केशरी धर्मराज थापालाई सम्मान गरिने भएको छ भएको छ। कवि शिरोमणि लेखनाथ पौडेलकी कान्छी छोरी स्व.कुन्तिदेवी भट्टराईको परिवारद्वारा स्थापित तथा लेखनाथ साहित्य प्रतिष्ठान कास्कीद्वारा सञ्चालित पुरस्कारको राशी नगद ५० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ।
dharmaraj_thapa
प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालको अध्यक्षतामा लेखनाथ साहित्य प्रतिष्ठान र लेखनाथ साहित्य पुरस्कार अक्षयकोष सञ्चालक समितिको संयुक्त बैठकले जनकवि केशरी थापालाई पुरस्कृत गर्ने निर्णय गरेको हो। पुरस्कार कविशिरोमणि लेखनाथ पौडेलको १३० औ जन्मजयन्ती समारोहबीच आगामी पौष १५ गते वितरण गरिने भएको छ।
पोखराको बाटुलेचौरमा विक्रम संवत् १९८१ मा जन्मिएका जनकवि केशरी धर्मराज थापाका रानीपोखरा, पहाडी संगीत, हाम्रो लोकगीत,लोकसंस्कृतिको घेरामा लमजुङ, तनहुँ फूलबारी, हाम्रो लोकसंस्कृतिलगायत दर्जनौ पुस्तक र काव्यकृतिहरु प्रकाशित छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.