थ्री लभर्सको प्रिमियर इजरायलमा



सेलेब्रिटी नेपाल कार्तिक २५-सुरेश दर्पण पोखरेलद्वारा निर्देशित तथा देबु श्रेष्ठद्वारा निर्मित नेपाली चलचित्र ‘थ्री लभर्स’ को प्रिमियर आगामी मंसिर १ गते शुक्रबार इजरायलमा हुने भएको छ। चलचित्रका नायक समेत रहेका निर्माता श्रेष्ठ चलचित्रको प्रिमियरमा सहभागि हुन भाइटीकाको दिन त्यसतर्फ जाँदैछन्। इजरायलमा दुई शो गरिने यो चलचित्र आगामी मंसिर २२ देखि नेपालमा प्रदर्शन हुनेछ। चलचित्रमा देबु श्रेष्ठ, नीरज बराल, प्रियंका कार्की, सुमन गैरे आदि कलाकारले मुख्य भूमिकामा निर्वाह गरेका छन्। चलचित्रमा बाबु बोगटी र राजन इशानको संगीत छ भने पुरुषोत्तम प्रधान यसका छायांकार हुन्। चलचित्रको युनिटले तिहारलगत्तै काठमाडौंको टुँडिखेलमा लाईभ कन्सर्टसमेत गर्दैछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.