राजकुमार राईको चलचित्र ‘वान वे’ सम्पादनमा


(सेलिब्रेटी नेपाल) २५ मंसिर-चलचित्रको ब्यबसाय दिन प्रतिदीन घट्दै गए पनि चलचित्रमा लगानी गर्नेमा एनआरएन देखि ब्यबसायी र डनसम्म देखिन थालेका छन्। चलचित्रको व्यापार घटे पनि चलचित्र निर्माण गतेको छैन हाल १३ वटा चलचित्रको सुटिंग भई राखेको छ भने १ दर्जन भन्दा बढी चलचित्र सम्पादनमा रहेको छ निर्माता संघका अध्यक्ष राजकुमार राईले निर्माण गरेको पछिल्लो चलचित्र ‘वान वे’ को पनि यति बेला धमा धम सम्पादन भइ राखेको छ।
sidartha-rai_karishma-manandhar
चलचित्रमा दिपक मनाङ्गेका छोरा सिदार्थ गुरुङ नायक को रोलमा पहिलो पटक अभिनय गर्दै छन्। चलचित्रमा सिद्धार्थले अभिनेत्री करिष्मा मानन्धरका छोरा भएर अभिनय गरेका छन्। चलचित्रलाई सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन्। रात्रीको समयमा हुर्ने गुन्डा गर्दीलाई बिषय बस्तु बनाइएको यस चलचित्रले बास्तबिक कथालाई उठान गर्न खोजेको र चलचित्रको व्यापार अन्तररास्ट्रिय बजारमा जोड दिइने चलचित्रका निर्माता राज कुमार राईले जानकारी गराए। चलचित्रमा सिदार्थ र करिश्मा मानन्धरका अलावा रबिन तामांग,माला सुब्बाको पनि मुख्य भूमिका रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.