संविधान नबने पनि धुर्मुस बाबु बन्दै


(सेलिब्रेटी नेपाल) २२ मंसिर-हास्य टेलिशृंखला मेरी बास्सैका कलाकार सीताराम कट्टेल धुर्मुस बाबु बन्दैछन । श्रीमती कुञ्जना घिमिरे -सुन्तली) हाल गर्भवती रहेको र चैतमा आफू पिता बन्न लागेको उनले बताए ।
sitaram-kattel-kunjana
‘हो, म चैतमा बाबु बन्दै छु,’ प्रशन्न मुद्रामा भने । मेरी बास्सै टेलिशृंखलामा काम गदैगर्दा दुवैजना पाँच वर्षअघि विवाहबन्धनमा बाँधिएका थिए । विवाह भएको लामो समयसम्म सन्तान नभएपछि उनका नजिकका साथीहरुले दबाब दिन थालिसकेका छन् । धुर्मुसले भने यसअघि देशले संविधान पाएपछि मात्रै सन्तान जन्माउने भन्दै शुभचिन्तकलाई जवाफ फर्काउँदै आएका थिए । तर, संविधान आउन ढिला भएपछि धुर्मुस दम्पतीले सन्तानको इच्छा रोक्न सकेनन् ।

कुञ्जना हाल गर्भवती रहेकै कारण मेरी बास्सै टेलिशृंखलामा उनको सुन्तलीको भूमिका पछिल्ला केही एपिसोडमा छायांकन भएको छैन् । ‘सुन्तलीको भूमिकामा अभिनय गर्न गाह्रो भएकाले छायांकन नभएको हो,’ धुर्मुसले भने ।यद्यपि कुञ्जनाले मेरी बास्सै टेलिशृंखलामा निर्वाह गरेको अर्की पात्र ‘फतौरी आमै’ भने नियमित आइरहेको छ । यो भूमिकामा कुञ्जनाले कुप्री परेर वृद्ध आइमाइको अभिनय गरेकी छिन् । ‘कुप्री परेर अभियन गर्न केही सहज देखिएकाले कुञ्जनाको फतौरी आमैको रोल भने छायांकन भइरहेको छ,’ उनले भने ।

अहिले कुञ्जनाको हेरविचारमा धेरै ध्यान दिइरहेको धुर्मुसले बताएका छन् । सन्तान प्राप्तिको विषयलाई दिएर दम्पती र परिवारमा खुसी छाएको धुर्मुसले नयाँ पत्रिकालाई बताएको खबर नयाँ पत्रिकामा छापिएको छ।