शान्तिश्री र कृष्णको ‘धरहरामा बस्यो माया जाल’मा राज र सोफी(भिडियो)



काठमाडौं । शान्तिश्री परियार र कृष्ण काफ्लेको स्वरमा रहेको नयाँ गीत ‘धरहरामा बस्यो माया जाल’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सपना वानियाको शब्द, सुन्दर लामाको संगीत रहेको छ । आदित्य बुढाथोकीको निर्देशन र केशवराज भट्टको नृत्य निर्देशन रहेको गीतको भिडियोमा राज टाइगर र सोफी धरेललाई फिचरिङ गरिएको छ । राज र सोफीको जोडि भिडियोमा आकर्षक देखिएको छ । मानकृष्ण महर्जनको छायांकन रहेको भिडियोमा पदम सुवेदीको सम्पादन र मिलन विश्वकर्माको कलर रहेको छ । भिडियो सदिक्षा फिल्म्सको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.