दोलखामा बन्ने फिल्म सिटीका लागि दुइ करोड


(सेलिब्रेटी नेपाल) २१ मंसिर-सूचना तथा सञ्चार मन्त्री माधवप्रसाद पौडेलले दोलखाको डाङडुङे डाँडामा अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी बनाउन सकिने बताएका छन्।
सरकारले दोलखाको डाङडुङे डाँडामा बन्न लागेको फिल्म सिटीका लागि चालु आर्थिक वर्षमा रु दुई करोड छुट्याइसकेको मन्त्री पौडेलले जानकारी दिए। मन्त्री पौडेलले देशमै पहिलो पटक निर्माण हुन लागेको फिल्म सिटीलाई पहिलो प्राथमिकताका साथ निर्माण गरिने स्पष्ट पारेका छन्। “अब चाँडै पूर्वाधार विकासका लागि काम अघि बढाउने छौँ” उनले भने।
Dolakha-film-city
सञ्चार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशकसहितको टोली लिएर पहिलो पटक डाँङडुङेडाँडा पुग्नुभएका मन्त्री पौडेलले सडक, खानेपानीलगायतका पूर्वाधार निर्माणमा सरकारले ध्यान दिने बताउनुभयो।उहाँले लाँकुरीडाँडामा प्रस्तावित फिल्म सिटीका लागि सरकारले वातावरणीय प्रभाव मूल्याङ्कनका लागि बोलपत्र (टेन्डर)समेत आह्वान भएर काम अगाडि बढिसकेको जानकारी दिए।

फिल्म सिटीमा इन्डोर सुटिङका लागि आवश्यक सम्पूर्ण उपकरण तथा प्रविधिको व्यवस्था गरिने छ। फिल्म सिटी निर्माणका लागि लाँकुरीडाँडाको डाङडुङे डाँडामा एक हजार ५०० रोपनी जग्गासमेत व्यवस्था भइसकेको छ। डाँङडुङे डाँडालाई फिल्म सिटी बनाउनका लागि कलाकार तथा फिल्म सिटी अभियन्ता मदनदास श्रेष्ठको संयोजकत्वमा दोलखाली कलाकार तथा समाजसेवीले एक समिति समेत बनाएका छन्।

दोलखाको लाकुरीडाँडा गाविसस्थित सेतीदेवी दादर सामुदायिक वनका उपभोक्ताले फिल्म सिटीका लागि आवश्यक जग्गा भोगाधिकार दिइसकेका छन्। फिल्म सिटीका लागि चलचित्र विकास बोर्डका पदाधिकारी, कलाकार, स्थानीय उद्यमीसहितिको टोलीले स्थलगत अध्ययन गरी लाकुरीडाँडाको सेतीदेवी दादर सामुदायिक वनअन्तर्गत पर्ने डाङडुङे डाँडालाई छनोट गरेका थिए। डाँडामा करिब एक हजार रोपनीको उपयुक्त चौर रहेको छ। करिब ३ हजार ४०० मिटरमा पर्ने उक्त डाँडाबाट जुगल र गौरीशंकर हिमाल नजिकैबाट अवलोकन गर्न सकिन्छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.