बाबु र छोरीको सम्बन्ध बोल्ने ‘चित्रा’ को टिजर सार्वजनिक



काठमाडौं । घनश्याम लामिछाने निर्देशित चलचित्र ‘चित्रा’ को टिजर सार्वजनिक गरिएको छ । विश्ज्योती हल जमलमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले टिजर सार्वजनिक गरेको हो । यस अघि ‘नजरैको हानाहान’ बोलको गीत र पोष्टर सार्वजनिक भइसकेको छ । सार्वजनिक टिजरमा बाबु र छोरीको कथासँगै पारिवारिक विषय र द्धन्द्ध देख्न सकिन्छ ।

टिजरमा सन्तोष अधिकारी, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरि, मेनुका प्रधान, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाललाई स्थान देखाइएको छ । चलचित्रमा विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल र प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय छ ।

चलचित्रका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष आफैं कार्यकारी निर्मातामा छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यो फिल्ममा राजनराज सिवाकोटीको संगीत छ । महेश पौडेलको छायांकन, बनिष शाह र सन्देश शाहको सम्पादन छ, भने सम्राट बस्नेतको द्धन्द्ध निर्देशन छ ।

सन्तोष अधिकारी फिल्म्सको व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको चलचित्रमा पाश्र्व संगीत शैलेश श्रेष्ठको छ ।