नेपथ्यको ‘शान्तिका लागि शिक्षा सङ्गीत यात्रा–२०७०’


(सेलिब्रेटी नेपाल) १७ मङ्सिर-नेपथ्यले ‘शान्तिका लागि शिक्षा सङ्गीत यात्रा–२०७०’ अभियान सञ्चालन गर्ने भएको छ। मङ्सिर २१ गते चितवनवाट सुरु भई २३ गते मोरङको विराटचोक र २५ गते झापाको दमक समेतका अन्य १० स्थानमा कार्यक्रम सञ्चालन गर्ने आयोजकले जानकारी दिएको छ। यस संस्थाले यसअघि सन् २००० देखि २०१२ सम्ममा ‘शान्तिका लागि शिक्षा र सुन्दर शान्त नेपाल′ दुई वटा अभियान सम्पन्न गरिसकेको छ।
nepathy-consert
राजनीतिमा फरक विचारधारा, लडाईं बन्द र हिंसाको चपेटामा परेका बालबालिकालाई ढुक्कसँग पढ्ने वातावरण सिर्जना गर्नु यात्राको उद्देश्य रहेको संयोजक अर्जुन राईले बताए। कार्यक्रमबाट सङ्कलन भएको रकम बालबालिकाको हितमा खर्च गर्ने आयोजकले जानकारी दिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.