दिपिका पादुकोण र रणबिर सिंहको रामलिला १०० करोड क्लबमा


नायिका दिपिका पादुकोण र नायक रणबिर सिंहद्वारा अभिनित चलचित्र रामलिलाले रिलिज भएको दोस्रो हप्ता १०० करोड क्लबमा इन्ट्रि मारेको छ । नायिका दिपिकाको १०० करोड क्लबमा सामेल हुने यो चौंथो फिल्म हो भने रणबिरको पहिलो इन्ट्री हो ।
Ramleela-poster
यस अघि निर्देशक सञ्जय लीला भन्सालीको चलचित्र बलिउड बक्स अफिसमा १००.२ करोडको कलेक्सन गरिसकेको छ । चलचित्र रामलीला नायिका दिपिका पादुकोणको चौथो चलचित्र हो जो यस क्लबमा सामेल भएको छ । यस अघि दिपिकाको रेस २, ये जवानी हे दिवानी र चेन्नाई एक्सप्रेस पनि यस क्लबमा सामेल भइसकेको थियो ।

यस अघि दिपिका र शाहारुख खानद्वारा अभिनित चलचित्र चेन्नाई एक्सप्रेस र ॠतिक रोशन अभिनित चलचित्र क्रिश थ्री एक यस्तो चलचित्र थियो जुन रिलिजको चार-पाँच दिन भित्र १०० करोडको आम्दानी गरेको थियो ।