गायकमा जमेका बाबु बोगटी अब नायकमा पनि जम्ने सुरमा (भिडियो)


produser tesroo cbn(सेलिब्रेटी नेपाल) १० मंगसिर-पछिल्लो समय नेपाली चलचित्र निर्माता निर्देशक हरु लाई फाइदा भनौ या राम्रो मौका सामाजीक संजाल फेसबुक तथा यु ट्युबमा खर्च नगरी प्रचार गर्ने शैली र उक्त प्रचार बाट प्रतिक्रिया पनि छिट्टै पाइने हुनाले निर्माता हरुले निक्कै राहत महसुस गरेका छन् चलचित्रका विभिन्न सामाग्री सार्वजनिक गर्ने माध्यमको रुपमा उपयोग हुदै आएकोसामाजिक संजालमा पनि अब प्रतिस्पर्धा जस्तै देखिन थालेको छ। गायक तथा नायक बाबु बोगटीको जन्म दिनको छेको पारेर बाबु बोगटी अभिनित चलचित्र बितेका पलको दोस्रो प्रोमो निर्देशक सुरज सुब्बा नाल्बोले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् । त्यसै गरी बाबुले नै अभिनय गरेको नेपाली चलचित्र प्रोड्युसरको पनि एकै दिन नयाँ प्रोमो सार्बजनिक गरिएको छ। बाबुको ३२ औ जन्मदिन को मौका छोपेर दुवै निर्माण युनिटले एकै दिन नयाँ प्रोमो सार्बजनिक गरेको हो। सुरज सुब्बा निर्देशित चलचित्र बितेका पलमा केकी अधिकारी, बाबु बोगटी, र अविनाश गुरुङ आदीको मुख्य अभिनय रहेको छ ।
चलचित्र ‘बितेका पलको’ नयाँ प्रोमो

चलचित्र प्रोड्युसरमा बाबुको अलावा विल्सनबिक्रम राई, श्याम अर्याल, श्वेता भट्टराई, श्याम राई लगायतको अभिनय रहेको छ भने जनकदिप पराजुलीले निर्देशन गरेको चलचित्रलाई ज्योति राईले प्रस्तुत गरेका हुन् भने केशब अधिकारी कार्यकारी निर्माताका रुपमा रहेका छन्।
चलचित्र ‘प्रोड्युसरको’ नयाँ प्रोमो

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.