निर्वाचन आयोगले टीभी फिल्मीलाई कारबाही सुरु


(सेलिब्रेटी नेपाल) २६ कार्तिक-निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलहरुको प्रचार प्रसार गरेको भन्दै निर्वाचन आयोगले टीभी फिल्मीलाई कारबाही सुरु गरेको छ।
निर्वाचन आयोग मिडिया अनुगमन इकाइले दलको विशेष चुनावी कार्यक्रम प्रत्यक्ष प्रसारण गरेको र असन्तुलित समाचार दिएको उजुरीका आधारमा कारबाही सुरु गरेको हो।
tv-filmy-logo
आयोगले टेलिभिजनलाई पूर्व प्रसारित कार्यक्रमका डिजिटल कपी बुझाउन निर्देशन दिएको छ। असोज २३ गतेदेखि हालसम्म कुनै पनि दल, उम्मेदवार विशेषको सम्पूर्ण निर्वाचनसम्बन्धी कार्यक्रमको डिजिटल कपी बुझाएन आदेश दिएको हो।

Copyright © 2012 - 2026 | All Right Reserved.