प्रतिबन्धित टेलिश्रृङ्खला तथा चलचित्र हेरेको भन्दै ८० जना लाई मृत्युदण्ड


(सेलिब्रेटी नेपाल) २५ कार्तिक-उत्तर कोरियाले प्रतिबन्धित विदेशी टेलिश्रृङ्खला हेरेको भन्दै ८० जनालाई मृत्युदण्ड दिएको छ। दक्षिण कोरियाका प्रतिबन्धित टेलिश्रृङ्खला तथा चलचित्र हेरेको भन्दै उनीहरुलाई सार्वजनिक स्थलमा मृत्युदण्ड दिइएको एक प्रत्यक्षदर्शीलाई उधृत गर्दै सिओलबाट प्रकाशित हुने डेली एनके पत्रिकाले जनाएको छ।
death-penalty
नोभेम्बर ३ तारिखका दिन देशका विभिन्न ७ वटा सहरमा उनीहरुलाई मृत्युदण्ड दिइएको पत्रिकाले जनाएको छ। पूर्वी क्षेत्रको वोनसानमा अधिकारीहरुले एक खेलकुद मैदानमा १० हजार मानिसकाबीच ८ जनालाई गोली हानी सार्वजनिक रुपमा मृत्युदण्ड दिइएको प्रत्यक्षदर्शीको भनाइ छ ।मृत्युदण्ड पाउनेमध्ये केही भने यौन अपराधका दोषी पनि रहेका छन्। उत्तर कोरियाले भने यसबारे कुनै पनि कुरा सार्वजनिक गरेको छैन । उत्तर कोरियामा सरकारले सेन्सर नगरेका र अनुमति नदिएका चलचित्र वा टेलिश्रृङ्खला हेर्नुलाई जघन्य अपराधका रुपमा लिइन्छ।

सरकारले यसमा कडाइ गरेपनि डिभिडी, पेनड्राइभ, एमपिथ्री लगायतमा यस्ता चलचित्र गैरकानुनी रुपमा बिक्री वितरण हुने क्रम भने रोकिएको छैन।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.