बन्द हड्ताल रोक्न महको आग्रह


(सेलिब्रेटी नेपाल) २५ कार्तिक-बरिस्ट कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवशं आचार्यले बन्द/हडताल नगर्न वैद्यसहितको ३३ दलीय मोर्चालाई आग्रह गरेका छन्। मोर्चाले गर्न लागेको बन्दको अघिल्लो दिन आइतबार संयुक्त प्रेस वक्तव्य निकालेर मह जोडीले जनताको मत हाल्ने अधिकारलाई कुण्ठित नगर्न सचेत गराएका हुन् ।
Madan-krishna_haribansha
‘जनताको मत हाल्ने नैसर्गिक अधिकारलाई कसैले छेक्न हुँदैन,’ मह जोडीको वक्तव्यमा भनिएको छ, ‘चुनावलाई हरसम्भव शान्तिपूर्ण बनाउनुपर्छ, त्यसैले चुनावको छेउमा बन्द/हडताल नगर्न हामी बन्दमा जाने नेता तथा दलहरूलाई अनुरोध गर्छौं ।”चुनाव चाहिन्न’ भन्ने अधिकार भएजस्तै ‘यो चाहिन्छ’ भन्ने पनि अधिकार जनताको भएकाले मत हाल्नबाट तिनलाई नछेक्न उनीहरूले बन्दकर्ता दलका नेताहरूलाई भनेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.