मन पराउदैमा पाउनु पर्छ भन्ने छैन..दीपक (भिडियो)


(सेलिब्रेटी नेपाल) २४ कार्तिक-गायक दीपक ‘स्वपनिल’ श्रेष्ठ नयाँ एल्बम लिएर दर्शक/श्रौतामाझ आउने भएका छन्। करिब १२ वर्षदेखी संगीत साधनामा व्यस्त दीपकको तेस्रो सोलो एल्बम ‘वर्णन’ बजारमा छिट्टै उपलब्ध हुँदैछ। एल्बममा लोक-आधुनिक शैलीका करिब ८ वटा गीतहरु समावेश गरिएको छ। दीपकको यसभन्दा अगाडी ‘रिजल्ट’ र ‘अब्टेन’ एल्बम बजारमा आएका थिए।
Deepak-swpnil
ग्ल्यामर नेपालको प्रस्तुति रहेको ‘वर्णन’को ‘पाउनै पर्छ भन्ने छैन मन पराउँदैमा’बोलको गीतको म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ। प्रकाश स्पर्शको शब्द तथा मोहन मगरको संगीत रहेको लोक-आधुनिक शैलीको गीतको एरेन्ज रोशन वान्तवाले गरेका हुन्। निकेश खड्काले निर्देशन गरेको उक्त भिडीयोमा हषिर्का श्रेष्ठ, अमिर, सुरेश र रुद्रलाई देख्न सकिन्छ। अमृत सुनुवारले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन्। गीतको मर्मलाई अझ स्पष्ट पार्ने गरि कलात्मक ढंगबाट भिडियो तयार पारिएको दर्शकले मन पराउनेमा गायक दीपक ढुक्क देखिएका छन्।

यो गीतबाहेक ‘वर्णन’मा अन्य सात वटा गीतहरु एल्बममा संग्रहीत गरिएको छ। जसको शब्द त्रिबिक्रम पाण्डे, कृष्ण के श्रेष्ठ, विराजमान श्रेष्ठलगाएतका गीतकारले कोरेका छन्। गायक दीपकले आफ्नो एल्बममा भेराइटी दिन खोजेको बताएका छन्। सोही कारण उनले लोक आधुनिकसहित एउटा गजल पनि एल्बममा समेटेका छन्। ‘सबै प्रकारका गीतहरु समावेश गरेकोले सबै उमेर समूहका दर्शक/श्रौताले मन पराइदिनुहुनेछ भन्ने विश्वास लिएको छु,’ उनले भने। आफूले १२ वर्षदेखी संगीतमा सिकेका सबै ज्ञानको आधारमा यो एल्बम तयार पारेको उनको भनाई छ।
Harsika-shrestha
दीपकको बारेमा धेरैलाई थाहा नभएको कुरा के हो भने उनले भारतको चर्चित रियालिटी शो सारेगमपमा पनि आफ्नो प्रस्तुती दिइसकेका छन्। जी टिभीबाट प्रशारण भएको उक्त प्रतियोगीताको २००५ को संस्करणमा उनले सहभागीता जनाएका हुन्। नेपालबाट करिब ३ सय प्रतिस्पर्धीमध्ये उनी छानिएका थिए । दुबईमा सुटिङ गरिएको उक्त प्रतियोगिताको उनी दोस्रो चरणमा पुग्न सफल भए। प्रतियोगिताको दौरान जगजित सिंह, गुलाम अलि, सान, ओ.पी नायर, चित्रा सिंहजस्ता भारतका दिग्गज संगीतकर्मीसँग एक महिनाभन्दा संगत गर्ने र संगीत सिक्ने मौका पाएको उनले बताए। ‘उहाँहरुबाटै पाएको प्रेरणा र ज्ञानले आज यहाँसम्म आइपुगेको छु,’ उनले भने, ‘अझ धेरै मेहनत गरेर दर्शक/श्रौताको मन जित्ने प्रयास गरिरहेको छु।’
भिडियो हेर्नुस

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.