भाईब्ज र अग्लिज व्याण्डको रकिंग कन्सर्ट


(सेलिब्रेटी नेपाल) १७ कार्तिक-नेपाल र अमेरिकामा ख्याति कमाउन सफल नेप्लीज अमेरिकन रक व्याण्ड द भाईब्ज व्याण्डले शुक्रबार सांझ ललितपुरमा आयोजित नेपालका लागि आफ्नो पहिलो कन्सर्टबाट रक संगीतप्रेमीलाई तताएको छ। ललितपुरको पाटन संग्रालयमा चुज अर लुज शिर्षकमा आयोजित कन्र्सटमा अर्को लोकप्रिय ब्याण्ड अग्लिजको पनि प्रस्तुति रहेको थियो।
vibez-band-consert
मन्चमा पहिले दर्शकलाई रकिङ गराउन मन्चमा उक्लिएको थियो द भाईब्ज व्याण्ड। व्याण्डमा भोकलिष्ट प्रईन सिंहले दर्शकलाई स्लो रक संग गाएर मनोरन्जन दिलाएको थियो। निर्मोही, तस्वीर तिम्रोलगायतका केही गीत प्रस्तुत गरेर दर्शकलाई रकिङ गराएपछि ब्याण्डका ड्रमर दिरेकलाल श्रेष्ठले आगामी मंसिर ४ गते हुन गईरहेको संविधान सभा सदस्यको निर्वाचनमा मतदान गर्नुपर्नेमा जोड दिए। दिरेकले भने, –‘यसपालीको ईलेक्सनमा ३ करोड ७० लाख जनसंख्यामध्ये १ करोड २१ लाख भोटर्स छन्। त्यसमध्ये २१ लाख विदेशमा छन् भने १८ देखि २५ बर्षका २५ प्रतिशत युवा भोटर्स युवा छन्। उनीहरु भोट दिने मनस्थितीमा छैनन्। तर यी युवाहरुले भोट दिने हो भने ६० बर्षभन्दा माथिका युवा नेताहरु निर्वाचित हुन पाउने छैनन्‘ उनले भने, –‘अब यि युवाहरुको हातमा छ आफ्नो नेता आफैले चुज गर्ने मौका। उनीहरुले भोट दिए भने पोलीटीकल सिनारीयो चेन्ज गर्न सकिन्छ। हामी भोट नदिने अनि नेतालाई गाली मात्रै गरिरहने अधिकार हामी संग छैन। त्यसैले रिसर्च गरौं र हामेवर्क गरेर भोट दिऔं।‘ दिरेकले एमटीभीले अमेरिकाबाट शुरु गरेको युवाहरुलाई मतअधिार प्रयोग गर्न उत्साहित गर्ने यो अभिनयानलाई हेरेर त्यसैका आधारमा नेपालमा आफ्नो व्याण्डले पहिलोपटक कन्सर्ट प्रस्तुत गर्ने क्रममा चुज अर लुज नाममा कार्यक्रम प्रस्तुत गरेको बताए।
ugliz-band
मन्चमा उत्रिएपछि अग्लिजले भने चुपचाप आफ्नो प्रस्तुतिमै केन्द्रीत भयो। अष्ट्रेलियाम रहेका अग्लिजका भोकलिष्ट …. कार्यक्रममा उपस्थित हुन नसकेपछि व्याण्डका तर्फबाट एउटा नयां रहस्य खुल्यो। सो व्याण्डका ड्रमर दिरेकलाल श्रेष्ठले ड्रम सेट बजाउंदै गीत पनि आपैंmले गाए। हात र खुट्टा दुबै उत्तीकै र एकसाथ परिचालित हुने ड्रमवादन संगै गाउन पनि सक्ने प्रतिभा थोरैको मात्र हुन्छ। दिरेकको यो अद्धितीय प्रतिभासंगै स्वरको समेत सबैले तारिफ गरे।

द भाइब्जका तर्फबाट भोकलिष्ट प्रइन र ड्रमर दिरेकलालका साथ गितारिस्ट रुपक लामा र बाँसुरीवादक उमेश पण्डितले रकिङ गराएका थिए। त्यसै गरी अग्लिजका तर्फबाट ड्रमर तथा भोकलिष्टका रुपमा रकिनलालका साथमा लिड गितारमा सुदिप ताम्राकार, वेस गितारमा माणीक बानियां र किबोर्डमा सचिन बज्राचार्यले रकिङ गराएका थिए। भाइब्जका ड्रमर दिरेकलालले अग्लिज व्याण्डलाई बेस गितार बजाएर समेत सघाएका थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.