नशा जस्तो एडल्ट फिल्ममा काम गर्ने अवसर पाए पनि सफलता चुम्न नसकेकी बलिउड नायिका पुनम पाण्डे अब बलिउड छाडेर पोर्न फिल्मतिर लाग्ने खुलासा भएको छ एक फिल्मबाट राम्रो अवसर आएपछि उनले पोर्न फिल्ममा काम गर्न लागेको एक भारतीय सञ्चार माध्यमले दावी गरेको छ।
पुनम पटकपटक न्युड भएको खबरले प्रभावित भएर उनलाई पोर्न फिल्म इन्डस्ट्रिले बोलाएको समाचारमा जनाइएको छ। उनले पोर्न फिल्ममा साइन गरिसकेको खबरसमेत बाहिर आएको छ । नशा फिल्मको प्रमोशनमा भने पुनमले मिडियासँग आफूलाई सन्नी लियोनसँग तुलना नगर्न आग्रह गरेकी थिइन्।