चर्चित साहित्यकार जगदिश घिमिरेको बिहीवार निधन


jagadish_ghimire(सेलिब्रेटी नेपाल) १४ कार्तिक-चर्चित साहित्यकार जगदिश घिमिरेको बिहीवार बिहान निधन भएको छ । ८ बर्षदेखि माइलोमा क्यान्सर(रक्त क्यान्सर)बाट पीडित घिमिरे पछिल्लोपटक दशैं अगाडीदेखि ओम अस्पतालमा उपचार गराइरहनुभएको थियो । घिमिरेलाई अङ्कोलोजिष्ट र हेमाटोलोजिष्टको निगरानीमा राखिएको थियो ।आफ्नो युवाकालमा जगदिश घिमिरेले ‘साविति’ उपन्यास लेखेर चर्चा बटुलेका थिए। युवाकालपछि लामो समयसम्म उनी राष्ट्रिय र अन्ताराष्ट्रिय गैरसकारी संस्थाहरुसँग आवद्व भए।आफ्नो पुर्ख्यौली थलो रामेछापमा ‘तामाकोशी सेवा समिति’ खोलेर उनी सामाजसेवामा पनि सक्रिय छन्। त्यहिँबीचमा उनले अखवारी लेखनलाई पनि अघि बढाए। क्यान्सर देखिएपछि उनी फेरि साहित्य लेखनमा फर्किए।

आत्मकथा बिधामा नेपाली वाङ्मयको भण्डारलाई धनी बनाउने किर्ति दिए, ‘अन्तरमनको यात्रा’। विक्रीको हिसावले पनि यसले छलाङ नै मार्‍यो।क्यान्सरको पीडादायी उपचारसँग जुध्ने क्रममा नै घिमिरेले यो किताब लेखेका थिए। अन्तर्मनको यात्राले मदनपुरस्कार समेत पाएको थियो। पोहोरसाल ऐतिहासिक तथा सामाजिक उपन्यास ‘सकस’ बजारमा आएको थियो। उनको परिवारमा पत्नी दुर्गा, छोरा हिमाल र छोरी जुन छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.