सन्यास घोसना गरेका राई अब सिनेमा निर्देशक


सेलेब्रिटी नेपाल कार्तिक २३ -चर्चित डान्स कोरियोग्राफर गोबिन्द राई अब सिनेमा निर्देशक बन्ने भएका छन्। डान्स कोरियोग्राफी विधामा निक्कै चर्चा कमाएका गोविन्दले केहि महिना अघि अकस्मात कोरियोग्राफी बाट सन्यास लिएको घोसना गरेका थिए।

गोविन्दले आफ्नो परिकल्पनामा फिल्म समिक्षक दिपेन्द्र लामाले तयार गरेको स्क्रिप्टमा ‘नागबेली’ नामक चलचित्र निर्देशन गर्न लागेका हुन् डान्स कोरियोग्राफर बाट सन्यास घोसना गरेपनि “नागबेली”मा भने उनि आफै नै डान्स कोरियोग्राफी गर्ने भएका छन्। उनले भने – ‘सिनेमा निर्देशनमा यो मेरो पहिलो सिनेमा भएकोले गर्दा यो सिनेमामा आफै नै डान्स कोरियोग्राफी गर्छु। अरुको सिनेमामा भने डान्स कोरियोग्राफी गर्दिन।’ करिब डेढ दशक को सिनेमा मा डान्स कोरियोग्राफीको अनुभब संगालेका गोविन्दले करिब एक सय जति सिनेमामा डान्स कोरियोग्राफी गरिसकेका छन्। “नागबेली” मा गायक तथा नायक प्रशान्त तामांग, अभिनेत्री मौसमी मल्ल छोरा बिक्की, सुरभी बिस्ट, हर्शिका श्रेष्ठ, यस राज र नब नायक सम्भब श्रेष्ठ मुख्य भूमिकामा रहने भएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.