लिटरेचर फेस्टिबलको तेस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु


(सेलिब्रेटी नेपाल) ८ कार्तिक-‘एनसेल नेपाल लिटरेचर फेस्टिबल’को तेस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु भएको छ । एनसेल र बुकवर्म फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको फेस्टिबल ४ दिन सम्म चल्नेछ ।
Khagendra-sangraula-abhi-subediराष्ट्रकवि माधवप्रसाद घिमिरेले उद्घाटन गरेको फेस्टिबल समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइला, डा. तिर्थबहादुर श्रेष्ठ लगायतले आफ्ना मन्तब्य राख्दै यस्ता समारोह हरुले पाठक र साहित्यकार बिचको सम्बन्ध विस्तार हुने धारणा राखेका थिए। नेपाली साहित्यको स्तरबृद्धि गरी अन्तर्राष्ट्रिय बजारमा स्थापित गराउने उद्देश्यले फेस्टिबल आयोजना गरिएको हो।

फेस्टिबलमा नेपालको तर्फबाट अभि सुवेदी, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, नयनराज पाण्डे,राजेश हमाल लगायतले सहभागिता जनाउने छन्। त्यस्तै भारतबाट रविन्दर सिंह, शोभा डे र बंगलादेशबाट फराह गुझनभी लगायत सात जना विदेशी साहित्यकार तथा लेखक सहभागी हुनेछन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.