विनोद प्रधानले राजधानीमा आफ्नो सफलताको कथा सुनाए


बलिउडका चर्चित र ब्यस्त छायांकार विनोद प्रधानले राजधानीमा आफ्नो सफलताको कथा सुनाए
(सेलिब्रेटी नेपाल) ५ कार्तिक-बलिउडका चर्चित र ब्यस्त छायांकार विनोद प्रधान मंगलबार राजधानीस्थित कुमारी सिनेमा हलमा झुल्किए जहाँ उनले करिब तीन घण्टा आफ्नो बलिउड अनुभव सुनाएका थिए ।पछिल्लो समय फिल्म भाग मिल्खा भाग खिचेका यी बलिउडका सफल छायांकारले कार्यक्रममा क्यामेरा टेक्नोलोजीबारे नेपाली चलचित्रकर्मी र सञ्चारकर्मीको जिज्ञासा मेटाए । साथै, क्यामेरा टेक्नोलोजीबारे उनले श्रव्यदृश्यसहित जानकारी गराएका थिए । यसैक्रममा १९४२ अ लभ स्टोरी, देवदास, भाग मिल्खा भाग लगायतका फिल्मका दृश्य र गीत देखाइएको थियो ।
Binod-Ppradhan
एकादेशमा फिल्म फेस्टिवल युनिटको निम्तोमा आफ्नो कथा सुनाउन आएका प्रधानले तीन दशकभन्दा बढी समय क्यामेरासँगै खेलेर विताइसकेका छन् । भारतको कालिङपोङमा जन्मिएका प्रधानले बलिउडका अधिकांस स्टार अभिनेता, अभिनेत्री र निर्माता तथा निर्देशकसँग काम गरिसकेका छन् ।
विनोदले ‘कुसुमे रुमाल’, ‘लाहुरे’, ‘सम्झना’, ‘तृष्णा’ जस्ता सफल नेपाली फिल्म खिचेका छन्। तर मुम्बईमै जमेपछि भने उनी नेपाली फिल्ममा फर्केनन्। तैपनी उनले फेरि नेपाली चलचित्र खिच्ने इच्छा मरिनसकेको बताए।

सन् १९७६ देखि बलिउड फिल्म उद्योगमा छायांकारको रुपमा काम गर्दै आएका प्रधानले आफ्नो फिल्मी करिअरको प्रारम्भिक दिनको स्मरण गर्दै भने, म सानैदेखि पेन्टिङप्रति रुचि राख्थे । फोटो स्टुडियोबाट क्यामेरा चलाउन थालेका प्रधानले मौसम, मिसन कस्मिर, देवदास, यमला पगला दीवाना, दिल्ली–६, परिन्दा, खामोस, करिब, मुन्ना भाई एमबीबीएस, रंग दे बसन्तीलगायत तीन दर्जनभन्दा बढी फिल्म खिचिसकेका छन् । प्रधानको पछिल्लो फिल्म भाग मिल्खा भाग दर्शकले निकै रुचाएका थिए । प्रधानले आफ्नो तीन दशक लामो फिल्मी जीवनमा इन्टरनेशनल इन्डियन एकेडेमी अवार्ड, फिल्मी फेयर अवार्ड, जि सिने अवार्ड, स्क्रिन विक्ली अवार्डलगायत पुरस्कारबाट सम्मानीत भइसकेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.