राम बहादुरले रामलिला निर्माण गर्ने


Ram-bdr-sarad
(सेलिब्रेटी नेपाल) ५ कार्तिक-बलिवुडमा चलचित्र ‘रामलीला’को प्रदर्शन मिति नजिकिदै गर्दा नेपालमा पनि सोही नाम गरेको चलचित्र निर्माणको तयारी सुरु भएको छ । यसअघि ‘नैना-रेशम’, ‘नाइट क्वीन’ ,’नबोलेनि हाँसी राखन’ जस्ता चलचित्र निर्देशन गरि सकेका राम बहादुर खत्री शरदले नेपाली ‘रामलीला’ बनाउने भएका हुन्। उनले बलिउडबाट नाम नचोरिएको र आफ्नो कथा अनुसार फिट हुने भएकोले यो नाम रखिएको बताएका छन्। हिन्दू धर्ममा राम लाई आदर्श पुरुष मानिन्छ ।रामलिलामा भगवान रामको चरित्र लाई विभिन्न रुपमा प्रस्तुत गरिने निर्देशक शरदले सेलिब्रेटी नेपाललाई बताए।

‘रामलीला’को लोकेशन हन्टिङका लागि उनी अहिले इलाम पुगेका छन्। तर अहिलेसम्म कलाकार फाइनल भइसकेका छैन। काठमाडौं फर्किएपछि कलाकार फाइनल गर्ने उनले जानकारी दिएका छन्। शरदले निर्देशन गरेको पछिल्लो चलचित्र ‘शिसा’ पोष्ट प्रोडक्सनको क्रममा छ। चलचित्र शिसाको प्रदर्शन अगावै चलचित्र रामलिलाको सुटिंग सकेर सिशाको प्रचारमा लाग्ने कुरा निर्देशक राम बहादुर खत्री सरदले बताए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.