भाइब्ज व्याण्ड पहिलोपटक नेपालमा


(सेलिब्रेटी नेपाल) २ कार्तिक-नेपाल र अमेरिका दुबै देशमा उत्तीकै लोकप्रिय नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्जले दोस्रो एलबम को हुँ म बजारमा ल्याएलगत्तै आफुलाई पहिलोपटक नेपालमा प्रस्तुत गरेको छ । अमेरिकामा प्रस्तुत हुंदै आएको यो व्याण्ड शुक्रबार राजधानीमा पनि आफ्नो सांगितीक प्रस्तुति र एउटा नयां रोचक म्युजिक भिडियोका साथ प्रस्तुत भयो ।
Vibez-ma-ko-hu
राजधानीको सोल्टीमोडस्थित होटल सोल्टी क्राउन प्लाजामा आयोजित एनआएरएनको युथ प्रोग्राम शुभारम्भ गर्दै व्याण्डले आफ्नो सांगितीक प्रस्तुतिमात्र पस्किएन,नयां एल्बम को हुँ म को फसें म गीतमाथि बनेको म्युजिक भिडियोको वल्र्ड प्रिमियर गरेर सबैलाई रोमाञ्चीत बनायो । व्याण्डले पहिलो एल्बम द भाइब्ज जेनेरशननको सुपर हिट गीत थाकी सके पस्केर कार्यक्रमका सहभागी सबैलाई सांगितीक आनन्दसमेत दिलाएको थियो । उक्त गीतमा प्रइन सिंहको भोकल तथा रुपक लामाको लिड गितार, दिरेकलाल श्रेष्ठको ड्रम, रकीनलाल श्रेष्ठ जिम्बे र उमेश पण्डित बांसुरीले दर्शकलाई रकिंग गराएको थियो ।

आफ्नो नविनतम एल्बम को हुं मका गीतहरुको म्युजिक भिडियोको वल्र्ड प्रिमियर फेजमा रहेको व्याण्डको फेसबुक र यु ट्युब अपलोडडसंगै फसें मको म्युजिक भिडियो आईतबारबाट नेपाली टेलिभिजन च्यानलहरुबाट सार्वजनिक हुंदैछ । यो म्युजिक भिडियो नेपाली सेन्स अफ ह्युमर प्रयोग गरेर नेपाली फ्लेवरमा बनाइएको छ । भिडियोको निर्देशन एक्स मन्त्र व्याण्डका भोकलिस्ट रोजेश श्रेष्ठले गरेका छन् । अघिल्लो एल्बममा फरक फरक समयमा फरक फरक गीतको म्युजिक भिडियो बनाएर चर्चामा आएको द भाइब्ज व्याण्डले यो दोस्रोएल्बमको पनि सोही अनुसार क्रमबद्ध तरिकाले आफ्ना भिडियो सार्वजनिक गर्ने भएको छ।

पहिलो एल्बम द भाइब्ज जेनेरेशनबाटै नेपाली सांगितीक आकाशमा तहल्का मचाउन सफल द भाइव्ज व्याण्डले केहीअघि मात्रै त्यस्तै आकर्षक गीतहरुका साथ दोस्रो एलबम को हु म बजारमा ल्याएको हो । नेपालदेखि अमेरिकासम्म उत्तिकै लोकप्रियता कमाउन सफल नेप्लिज अमेरिकन रक सांगीतिक समूह द भाइब्ज व्यान्डले रक संगीतमा पनि उच्चस्तरको गीतसंगीतमा मात्र विश्वास राख्ने र सोहीबमोजिमको सांगीतिक सिर्जना पस्कने भएकाले स्तरीयतालाई कायम राख्दै चार वर्षको अन्तरालपछि दोस्रो एल्बम तयार पारेको हो ।

द भाइब्जले यसअघि सन् २००९ मा पहिलो एल्बमस्वरूप द भाइब्ज जेनेरेसन बजारमा ल्याएको थियो । नेपाल र अमेरिकाका नेपाली रकप्रेमीद्वारा अत्यधिक रुचाइएको तथा एल्बम बजारमा आएकै वर्ष हिट्स एफएम अवार्ड र इमेज अवार्डमा बेस्ट ब्यान्ड अफ द इयरको अवार्ड जित्न सफल द भाइब्ज जेनेरसनमा संगृहित थाकिसकें बोलको गीतमाथि बनेको म्युजिक भिडियोले लामो समयसम्म नेपाली टेलिजिभन च्यानलहरूको हिट लिस्टमा उत्कृष्ट स्थान कायम गर्न सफल भएको थियो । अमेरिकाका मनोरम दृश्य कैद गरी कथानक ढंगले निर्माण गरिएको सो म्युजिक भिडियो ६ लाख ४० हजार रुपियां (१० हजार डलर) को लागतमा बनेको थियो।