आज बाट स्टार एक्लै देश भरका हलमा


(सेलिब्रेटी नेपाल) १ कार्तिक -एकै दिन ३-४ वटा चलचित्र हरु एक साथ जुदिरहेको समयमा चलचित्र ‘स्टार’ सोलो रिलिज भएको छ महेन्द्र बुढाथोकीको लेखन र निर्देशनमा बनेको ‘स्टार’ आज बाट देशभरका हलमा एकसाथ प्रदर्शन हुदैछ। नेपाली चलचित्र क्षेत्र भित्रकै कथामा निर्माण गरिएको स्टारकोमा नायिका सुमीना घिमीरेले मनिषा क्षेत्री नामक हिरोइनको भूमिका निभाएकी छिन्। त्यसैगरी, नायक नीरज बराल राजेश भट्ट नामक सुपरस्टारको भूमिकामा छन् भने श्याम घिमीरे सौर्य सिंह नामक चर्चित हिरोको भूमिकामा छन् । बरिष्ट चलचित्र निर्देशक तथा अभिनेता रमेश बुढाथोकी र गणेश उप्रेती चलचित्र निर्माताको भूमिकामा छन्। रुपा खनाल संघर्षशील अभिनेत्री बनेकी छिन्।
Star-nepali-movie
नवयुवा नीरज भण्डारीका साथमा सिपी पौडेल पनि प्रमुख भूमिकामा रहेको चलचित्रमा सिनेमा सम्बन्धी कार्यक्रममा संचालक राजन घिमीरे, राजधानी दैनीकका बरिष्ट सिनेपत्रकार तथा राहदानी चलचित्रका निर्देशक डब्बु क्षेत्री, नेपाल वान टिभीमा कलिउड स्क्रिन कार्यक्रमका निर्माता कुवेर डंगोल, टाइम्स एफएम र एबिसि टिभीकी भिजे शारदा थापालगायतका संचारकर्मी बिशेष भूमिकामा छन् भने शीतल केसी, सौरभ कार्की, निर्देशक सोभित बस्नेत, निर्माता जीवन थापालगायतले अथिति भूमिका निभाएका छन् । संगम भिजनको ब्यानरमा बनेको स्टार देशभरका करिब ५ दर्जन हलमा एकसाथ प्रदर्शन हुने बितरक करण क्रेजीले जानकारी दिए । अर्जुन पोखरेल र सर्वज्ञमान शाक्यको संगीत रहेको चलचित्र सुरेश बज्राचार्यले खिचेका हुन्। लक्ष्मण सुवेदी कार्यकारी निर्माता रहेको चलचित्रमा शिब बिकको नृत्य निर्देशन र अष्ट महर्जनको द्धन्द्ध निर्देशन छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.