म्युजिक नेपालले सांगीतिक पुरस्कार दिने



सेलेब्रिटी नेपाल कार्तिक २२- यसै बर्षदेखि प्रदान गर्ने गरि म्युजिक नेपाल ले सृजन शिल संगीत सम्मान र लोकप्रिय संगीत पुरस्कार घोसणा गरेको छ। जनही ५० हजार रुपैया रहेको सृजन शिल संगीत सम्मान गीतकार संगीतकार र गायक लाई प्रदान गरिने जनाईयको छ। लोकप्रिय संगीत पुरस्कार भने ब्यबसायको आधारमा गीतकार संगीतकार र गायक लाई दिइने छ । यो पुरस्कार को राशी जनही २५ हजार रुपैया रहेको म्युजिक नेपाल ले जनायको छ । यश बर्षको सृजन शिल संगीत सम्मान-२०६८ संगीत तर्फ अम्बर गुरुङ,गायन तर्फ माणिकरत्न र रचना तर्फ भाबुक ले पाउने भयका छन् । लोकप्रिय संगीत पुरस्कार भने संगीत र रचना तर्फ हेमन्त शिशिर र गायनमा अन्जु पन्तले पाउने भयका छन् । यी पुरस्कार हरु कार्तिक २५ गते नेपाल संगीत बिद्यालय पिन्गलास्थान गौशालामा एक कार्यक्रम का साथ वितरण गरिने म्युजिक नेपालका प्रबन्ध निर्देशक सन्तोस शर्मा ले बताय । यसै अबसरमा कलाकार कल्याणकारी कोष समेत स्थापना गरियको शर्माले बताय।